मेगा बैंकले सेयरधनीहरुलाई मेगा बैंकको आग्रहः  ‘बोनस सेयरमा लाग्ने कर तिर्न आउनू’

मेगा बैंकले सेयरधनीहरुलाई मेगा बैंकको आग्रहः  ‘बोनस सेयरमा लाग्ने कर तिर्न आउनू’


बैकिङ्ग समाचार ।
 मेगा बैंकले आफ्ना सेयरधनीहरुलाई बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको छ । बैंकले साविकको गण्डकी विकास बैंकका सेयरधनीलाई आर्थिक वर्ष २०७१/७२, २०७२/७३ र २०७३/७४ मा वितरण गरिएको बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको हो ।

बैंकको शेयर रजिस्ट्रार मेगा क्यापिटल मार्केटको खाता नम्बर ००१००१०७१६३१८ मा उक्त कर जम्मा गर्न बैंकले आग्रह गरेको हो । रकम जम्मा गर्दा सेयरधनीको नाम, थर, हितग्राही खाता नम्बर, शेयरधनी खाता नम्बर, तथा कुन आर्थिक वर्षको कर विवरण बुझाएको हो स्पष्ट रुपमा खुलाउन समेत बैंकले आग्रह गरेको छ । साथै, सेयर डिम्याट नगराएका सेयरधनीहरुलाई सेयर डिम्याट गराउन समेत आग्रह गरेको छ ।