एभरेष्ट बैंकका ग्राहकलाई पीसीआर परीक्षणमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई पीसीआर परीक्षणमा १०% छुट


बैकिङ्ग समाचार ।

एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणको लागि कमलपोखरीको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री (सी.डी.एल) सँग सहकार्य गरेको छ ।

हाल कोभिड-१९ को कठीन समयमा ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको छ ।

जस अन्तर्गत एभरेष्ट बैंकको डेबिटरक्रेडिट कार्ड होल्डर ग्राहकहरुले सी.डी.एल बाट आरटी पीसीआर परीक्षण गर्दा सरकारी दर अनुसार लाग्ने ५ हजार ५ सय रुपैयाँमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

नगद करोबारमा पनि कोभिड-१९ को जोखिम भएको हुँदा, ग्राहकहरुले ईबीएल मोबाईल बँकिङ्ग एप (बीएल टच २४) प्रयोग गरेर पनि कोभिड-१९ परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन् ।

बैंक र सी.डी.एल बीचको सहकार्य, बैंकका नायब- महाप्रबन्धक, डा.सन्धीर कुमार र सि.डी.एल प्रयोगशालाका कार्यकारी निर्देशक, मनीष पोखरेलको उपस्थितिमा सम्पन्न भएको छ ।

बैंकमा हालसम्म ११ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले देशैभरि छरिएर रहेका आफ्ना ९५ शाखा संजाल, प्रादेशिक कार्यालय ,१२४ एटीए सहित बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।