नेपाल बंगलादेश बैंकद्धारा २ करोड २५ लाख रुपैयाँ बराबरका ५ हजार थान औषधि सहयोग

नेपाल बंगलादेश बैंकद्धारा २ करोड २५ लाख रुपैयाँ बराबरका ५ हजार थान औषधि सहयोग


बैकिङ्ग समाचार । 
नेपाल बंगलादेश बैंकले कोभिड-१९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि नेपालमा अभाव भइरहेको बेला दुई करोड २५ लाख रुपैयाँ बराबरका औषधि सहयोग गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गर्दै हाम्रो संयुक्त लगानीको बैंक आईएफआईसी बैंक, बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल, बंगलादेशको संयुक्त पहलमा ती औषधिहरु सहयोग गरिएको हो ।

हाल देशमा आइपरेको विषम परिस्थिति र तत्त् पश्चात् कोभिड १९ को जीवन रक्षक मानिएको औषधि रेन्डेसिभिर (RENDESIVIR) पाँच हजार थान बिहीबार ढाकास्थित नेपाली राजदूत डा. बंशिधर मिश्रालाई हस्तान्तरण गरिएको छ ।

उक्त औषधि अबको एक–दुई दिनभित्रमा नेपाल आइसक्ने र सर्वसाधारण जनताको जीवन रक्षामा प्रयोग हुने हामीले आशा लिएका छौं । उक्त औषधिको हालको बजार मूल्य करिब दुई करोड २५ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।

नेपाल बंगलादेश बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि नेपाल सरकारको कोभिड-१९ फण्डमा एक करोड ४५ लाख प्रदान गरिसकेको छ । समाज प्रति एक जिम्मेवार बैंकको हैसियतले बैंक सदैव आफ्नो जिम्मेवारी बहन गर्न तयार रहेको छ ।