जेफ बेजोसको सम्पत्ति २ सय अर्ब डलर

जेफ बेजोसको सम्पत्ति २ सय अर्ब डलर


एजेन्सी। 
अमेजनका प्रमुख कार्यकारी रहेका बेजोस २०२ अर्ब अमेरिकी डलर सहित विश्वकै धनीको सूचीमा अग्रस्थानमा कायमै छन्। ब्लुमबर्ग बिलियनर इन्डेक्सअनुसार उनको कम्पनीको शेयर बढेर २ सय अर्बको कोशेढुंगा कायम गरेका छन्।

बेजोसले कोरोना महामारी सुरु भएयतामात्र ८६ अर्ब डलर सम्पत्ति थप गरेका छन्। गएको तीन महिनामा मात्रै उनको कम्पनी अमेजनको शेयर २५ प्रतिशतले बढेको छ।

बेजोशले सन् १९९४ मा अमेजन स्थापना गरेका थिए। उनी सन् २०१७ मा संसारकै धनी व्यक्ती भएका थिए।

महामारी सुरु भएपछि बेजोसको सम्पत्तिमा मात्र छलाङ भएको छैन। अन्य प्रविधि टाइकुनहरुको पनि उत्तिकै बढीरहेको छ। केही समयअघिमात्र फेसबुकका सिइओ मार्क जुकरवर्ग पनि पहिलोपटक सय अर्ब डलरका मालिक भएका थिए। त्यस्तै टेस्लाका सिइओ एलन मस्कको सम्पत्ति पनि ९६ अर्ब डलर पुगेको छ। माइक्रोसफ्टका संस्थापक बिल गेट्स यअघि नै सय अर्ब डलर पार गरिसकेका छन्।

एप्पलका सिइओ टिम कुक पनि हालसालै अर्बपतिको सूचीमा उक्लिएका छन्।