कुलमान घिसिङको  पुनः नियुक्तीको विषयमा औपचारिक प्रस्ताव पनि छैन: अर्थमन्त्री

कुलमान घिसिङको  पुनः नियुक्तीको विषयमा औपचारिक प्रस्ताव पनि छैन: अर्थमन्त्री


बैकिङ्ग समाचार । 
सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ति गरि नसकेको बताएका छन् । 

पछिल्लो मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा घिसिङको  पुनः नियुक्तीको विषयमा  बोल्दै उनले भने, 'कुलमान घिसिङलाई सामाजिक सञ्‍जालले नियुक्ती दिएको होला । सरकारले दिएको छैन । सामाजिक सञ्‍जालले नियुक्ति दिएको कुरा सरकारलाई थाहाँ हुने कुरा पनि भएन । तर, औपचारिक प्रस्ताव पनि छैन ।'

उनले मन्त्रिपरिषद बैठकमा घिसिङलाई पुनः नियुक्ति गर्ने वा नगर्ने भन्‍ने विषयमा छलफल पनि नभएको बताए । 'कुलमान घिसिङलाई प्राधिकरणमा पुनःनियुक्तिका सन्दर्भमा कुनै सत्यता छैन' उनले भने ।

भदौ ९ गतेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई पुनः प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्ति गरेको विषय सामाजिक सञ्जालसहित केही मिडियाले समेत लेखेका थिए ।