५ अर्बको ऋणपत्र  निष्काशन गर्न कुमारी बैंकले बार्डबाट पायो अनुमति

५ अर्बको ऋणपत्र  निष्काशन गर्न कुमारी बैंकले बार्डबाट पायो अनुमति


बैंकिङ्ग समाचार, काठमाडौं । 
कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको छ।  बोर्डले कुमारी बैंक लिमिटेडलाई ५  अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउन अनुमति दिएको हो ।

कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गर्नेछ । ऋणपत्रको नाम ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ रहेको छ। बोर्डले बैंकले असोज ८ गते ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो। 

कुमारी बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।