बीमा सर्भेयरको परीक्षा असोज २४ गते हुदैँ

बीमा सर्भेयरको परीक्षा असोज २४ गते हुदैँ


बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल बीमा प्राधिकरणबाट सर्भेयरको तालिम लिई इजाजत पत्र लिन बाँकी रहेका व्यक्तिहरुको परीक्षा मिति तय भएको छ । अनलाइन मार्फत हुने परीक्षाको मिति असोज २४ गते बिहान ११ः०० बजेदेखि १२ः३० बजेसम्म तय गरेको छ ।

परीक्षाको मिति तोकिएसँगै प्राधिकरणले सर्भेयरको तालिम लिई इजाजतपत्र लिन बाँकी रहेकालाई आफ्नो विवरण भरी रजिष्ट्रर गर्न आग्रह गरेको छ ।

असोज २२ गते  रजिष्ट्रर सफल भएका व्यक्तिहरको नाम सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।

\"\"