उज्यालो नेपाल मैले गर्दा मात्रै  भएको होइनः कुलमान घिसिङ 

उज्यालो नेपाल मैले गर्दा मात्रै  भएको होइनः कुलमान घिसिङ 


बैकिङ्ग समाचार । 
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनर्नियुक्तिलाई लिएर तथ्यहीन सूचना सम्प्रेषण नगर्न आग्रह गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कार्यकारी निर्देशक घिसिङले आफ्नो पुनर्नियुक्तिलाई लिएर केही दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुनलाई जोडेर भ्रामक समाचार र सूचना सम्प्रेषण नगर्न आग्रह गरेका हुन् ।

'मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीलाई जोडेर बिगत केही दिनदेखि विभिन्न संचारमाध्यम, सामाजिक सञ्जाल र मेरो गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ' घिसिङले भनेका छन्' मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु।'

नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र निती तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयन मार्फत्उल्लेखनीय उपलब्धीहरु हासिल भएको उनले बताएका छन्।

लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन प्रधानमन्त्री र ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसलाकै कारण सम्भव भएको उनले उल्लेख गरेका छन्।

सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा संचालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाईजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको शेयरधनी कार्यक्रमको प्रभाकारी कार्यन्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाईन आयोजनाहरुको निर्माण गर्ने लगायतका नेपाल सरकारका निती तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको उनले जानकारी गराएका छन्।