प्रभु बैंकको ६ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकको ६ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं । 
प्रभु बैंकले ६ लाख ११ हजार ४४३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीले ३५ दिन भित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ । 

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने बैंकले स्पष्ट पारेको छ।