हिमालयन रि इन्स्योरेन्सको सिईओमा उपासना पौडेल नियुक्त

हिमालयन रि इन्स्योरेन्सको सिईओमा उपासना पौडेल नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन रि इन्स्योरेन्स कम्पनीको सिईओमा उपासना पौडेल नियुक्त भएकी छिन् । गत साता बसेको कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्न सिफारिस गरेको हो ।

यसअघि उनी कम्पनीको नायब कार्यकारी अधिकृतको पदमा थिइन्। कम्पनीका सीइओ चन्द्रशेखरन् रामामूर्तिले राजीनामा दिएपछि पौडेल नियुक्त भएकी हुन्।

करिअरको छोटो समयमै नेपालको बीमा क्षेत्रमा स्थापित पौडेलको युनाइटेड इन्स्योरेन्स कम्पनीको सिइओ पछिको यो अर्को ठुलो सफलता हो । 

पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ हुन् । उनीसँग बीमा क्षेत्रको विगत एक दशकभन्दा बढी कार्यानुभव रहेको छ ।

विगत एक दशक बढी समयको कार्यानुभव बटुलेकी पौडेलले दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज एफएमएसबाट एमबिएसम्मको अध्ययन पुरा गरेकी छन्।