एनएमबि क्यापिटलका दुई म्युचुअल फण्डको प्रतिइकाई खुद मूल्यमा सुधार

एनएमबि क्यापिटलका दुई म्युचुअल फण्डको प्रतिइकाई खुद मूल्यमा सुधार


एनएमबि क्यापिटलले सञ्चालन गरेका दुई म्युचुअल फण्डहरुले प्रति इकाई खुद मूल्यमा सामान्य सुधार आएकोे छ । गत असारको तुलनामा साउनमा एनएमबि फिफ्टी को ७ पैसा तथा एनएमबि हाईब्रिड फण्ड एल –१ को प्रति इकाई मूल्य २ पैसाले बढेको छ ।

एनएमबि फिप्टी

एनएमबि फिप्टी को साउन मसान्तमा प्रति इकाई खुद मूल्य १० रुपैयाँ ९७ पैसा रहेको छ । जुन गत असारको तुलनामा ७ पैसा बढी हो । गत असार महिनामा प्रति इकाई खुद मूल्य १० रुपैयाँ ९० रुपैयाँ रहेको थियो ।

 

फण्डले ३८ वटा सूचीकृत कम्पनीहरुमा ५७ करोड ५३ लाख ३६ हजार रुपैयाँ लगानी गरेको छ । त्यसमध्ये सबै भन्दा धेरै १५ वटा वाणिज्य बैंकहरुमा ३५ करोड ७२ लाख ५३ हजार रुपैयाँ लगानी गरेको छ ।

साउनमसान्त सम्म फण्डले कुल ८९ करोड २५ लाख ५५ हजार रुपैयाँ लगानी गरेको छ । फण्डले सूचिकृत कम्पनीहरुको शेयर, सरकारी ऋणपत्र, सार्वजनिक निष्काशन, हकप्रद र बोनस तथा स्थिर आय उपकरणमा उक्त रकम लगानी गरेको हो। त्यसैगरी, बैंक मौज्दातमा १८ करोड ७५ लाख रुपैयाँ बचत गरेको छ ।

एनएमबि हाईब्रिड फण्ड एल –१

एनएमबि हाईब्रिड फण्ड एल –१ को असारको तुलनामा साउनमा २ पैसाले प्रति इकाई खुद मूल्य बढेकोे छ । असारमा ११ रुपैयाँ ४८ पैसा रहेको फण्डको प्रति इकाई खुद मूल्य असारमा ११ रुपैयाँ ५० पैसामा पुगेको छ ।

साउन मसान्तसम्ममा कुल ९५ करोड ६० लाख रुपैयाँ लगानी गरेको फण्डले सबै भन्दा धेरै सूचीकृत शेयरमा ४८ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै ऋणपत्रहमा ३० करोड रुपैयाँ, सार्वजनिक निष्काशन, हकप्रद, बोनस सेयरमा १ करोड ७७ लाख रुपैयाँ लगानी छ ।

सूचीकृत कम्पनी मध्ये पनि सबै भन्दा धेरै १७ वाणिज्य बैंकहरुमा १९ करोड ४९ लाख ३६ हजार रुपैयाँ लगानी रहेको छ त्यसैगरी फण्डले बैंक मौज्दातमा १५ करोड रुपैयाँ बचत गरेको छ ।