निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७ अर्ब माथि

निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७ अर्ब माथि


बैंकिङ्ग समाचार, काठमाडौं । 
निर्जिवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा ४ लाख बढी बीमालेख बिक्रि गरेर ७ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले भदौ महिनासम्ममा ४ लाख ८ हजार ९७३ वटा बीमालेख जारी गरी ७ अर्ब ८ करोड ४८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । 

कुनले कति गरे 
भदौ महिनामा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । यस कम्पनीले यस अवधिमा ३६ करोड ३१ लााख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ७३ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ६६ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६४ करोड २१ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ५५ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले ५२ करोड ६४ लाख रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले ५१ करोड २९ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले ४५ करोड ३० लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्स कम्पनीले ४२ करोड ८९ लाख , रुपैयाँ कुल बीमा शुल्क आर्जनगर्न सफल भएका छन् ।

त्यस्तै, प्रभु इन्स्योरेन्सले ४१ करोड ४३ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले ३७ करोड ८८ लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले ३२ करोड ९९ लाख रुपैयाँ नेशनल इन्स्योरेन्सले ३० करोड ६ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले २६ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।