दुई लघु निर्जीवन बीमा कम्पनीले आर्जन गरे करिब ४ लाख बीमा शुल्क

दुई लघु निर्जीवन बीमा कम्पनीले आर्जन गरे करिब ४ लाख बीमा शुल्क


बैंकिङ्ग समाचार, काठमाडौं । 
हाल सञ्चालनमा रहेका दुई लघु निर्जीवन बीमा  कम्पनीहरुले ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले भदौ महिनासम्ममा कुल १०६ वटा बीमा पोलिसी विक्री गरी ३ लाख ९५ हजार कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । 

नेपाल माइक्रो इन्स्योरेन्स
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले भदौ महिनासम्ममा ६६ वटा पोलिसी विक्री गरी २ लाख ७६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले भदौ महिनामा मात्रै ५४ वटा पोलिसी विक्री गरी २ लाख १३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स 
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले भदौ महिनासम्ममा १ लाख १९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ४१ वटा पोलिसी विक्री गरी उक्त बीमा शुल्क आर्जन गरेको छ । भदौ महिनामा मात्रै कम्पनीले ३३ वटा बीमा पोलिसी विक्री गरी ८७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।