नेपाल लाइफको ५ लाख बढी कित्ता संस्थापक शेयर विक्रीमा

नेपाल लाइफको ५ लाख बढी कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्राइभेट लिमिटेडको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । 

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।