कैलालीमा बैंक तथा वित्तिय संस्था हप्तामा ३ दिन बिहान मात्र खुल्ने

कैलालीमा बैंक तथा वित्तिय संस्था हप्तामा ३ दिन बिहान मात्र खुल्ने


बैकिङ्ग समाचार । 
कैलालीमा आज देखि बैंक तथा वित्तिय संस्थाहरु एक दिन बिराएर बिहान मात्र खुल्ने भएका छन् ।

हिजो राष्ट्र बैंक र बैंकर्स क्लवका पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंकमा छलफल भएको थियो । राष्ट्र बैंकसंगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले आजदेखि हप्तामा तीन दिन बिहान ८ देखि ११ बजेसम्म मात्र बैंक तथा वित्तिय संस्था खोल्न दिने निर्णय गरेको हो ।

बैंकर्स क्लव धनगढीका अध्यक्ष तथा सनराईज बैंक धनगढीका प्रबन्धक धर्मराज बिष्टले प्रशासन कार्यालयको निर्णय अनुसार आज (मंगलवार) देखि बैंक तथा वित्तिय संस्थाहरु हप्तामा तिन दिन बिहान ८ बजेदेखि ११ बजेसम्म खुल्ने  बताए ।

उनले सार्वजनिक विदाका दिन पनि बैंक तथा वित्तिय संस्थाहरु नखुल्ने बताए ।

बैंक तथा वित्तिय संस्थामा भीडभाड व्यवस्थित नहुदा कोरोना फैलिने जोखिम बढेपछि यस्तो निर्णय गरिएको हो ।