केन्द्रिय कार्यालयको लागि घरजग्गा किन्न तत्पर नेपाल लाइफ

केन्द्रिय कार्यालयको लागि घरजग्गा किन्न तत्पर नेपाल लाइफ


बैंकिङ्ग समाचार, काठमाडौं ।      
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केन्द्रीय कार्यालय भवनका लागि घरजग्गा खरिद गर्न लागेको हो । कम्पनीले घर जग्गा खरिदका लागि एक सूचना जारी गर्दै शिलबन्दी बोलपत्र आब्हान गरेको हो। 

काठमाडौंको लाजिम्पाट, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, दरबारमार्ग, नक्साल, पाटन, गहनापोखरी, टंगाल, महाराजगंज, भाटभटेनी क्षेत्रमा घर तथा जग्गा खरिद गर्ने कम्पनीले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणबाट जारी भएकोे निर्देशनको अधिनमा रही केन्द्रीय कार्यालयका लागि भवन आवश्यक भएकाले कम्पनीले घर जग्गा किन्न लागेको हो । घरसहित वा घर रहितको क्षेत्रफल २ रोपनीभन्दा माथि हुनुपर्ने कम्पनीले जनाएको छ । 

 इच्छुक व्यक्ति तथा संघसंस्थाले २१ दिनभित्र केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । कम्पनीले खरिद गर्न लागेको घरजग्गा करिब ८ मिटरको मुल सडकसँग जोडिएको हुनु पर्ने जनाएको छ ।

\"\"