एलआईसी नेपालले पायो इक्रा नेपालको तर्फबाट ‘इक्रा एनपि ए’ रेटिङ्ग

एलआईसी नेपालले पायो इक्रा नेपालको तर्फबाट ‘इक्रा एनपि ए’ रेटिङ्ग


बैंकिङ्ग समाचार, काठमाडौं । 
लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी नेपाल ले इक्रा नेपालबाट ‘इक्रा एनपि आइआर ए’  रेटिङ्ग पाएको छ। पाँच अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउनका लागी एलआइसी नेपालले १ः०।८८४५६८ को अनुपातमा हकप्रद शेयर निष्काशनको तयारी गरिरहेको छ।

इक्रा नेपालले एलआईसी नेपाललाई प्रस्तावित हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागी यस्तो रेटिङ प्रदान गरेको हो।  एलआइसीले पाएको रेटिङले तोकिएको समयमै वित्तीय दायीत्व पुरा गर्ने सवालमा पर्याप्त सुरक्षित रहेको अवस्थालाई जनाउँछ। 

\"\"