कोरोनाका कारण बन्द अवस्थामा रहेका उद्योगलाई बीमा दरमा छुट

कोरोनाका कारण बन्द अवस्थामा रहेका उद्योगलाई बीमा दरमा छुट


बैकिङ्ग समाचार ।      
बीमा समितिले कोरोनाका कारण बन्द अवस्थामा रहेका उद्योग तथा कारखानाको बीमा दरलाई संशोधन गरेको छ । समितिले बन्द अवस्थाको जोखिम हाल कायम रहेको दरको एक तिहाई कायम गर्ने निर्णय गरको हो ।

चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार कोरोनाका कारण बन्द भएका उद्योगहरुको हकमा बन्द अवस्थाको जोखिम लागि एक तिहाइ तथा जोखिम समूहको बीमा दर ५० प्रतिशत समानुपातिक रुपले छुट प्रदान गर्ने व्यवस्था गरेको समितिले जनाएको छ । 

हाल बन्द अवस्थामा रहेका कारखानाको बीमा दर प्रतिहजार ३ रुपैयाँ कायम रहेको छ । परिमार्जित व्यवस्था अनुसार बन्द अवस्थाको जोखिम सम्बन्धित दरको एक तिहाई कायम गर्नुपर्नेछ ।

सो व्यवस्था बमोजिम ८३ दिनका लागि छुट कायम हुने समितिले जनाएको छ । तर, यातायातको साधनको हकमा यसभन्दा अघि समितिले जारी गरेको परिपत्र अुनसार हुने प्रष्ट पारेको छ ।

\"\"