सीडीएससीको प्रमुख कार्यकारीमा पुर्णप्रसाद आचार्य नियुक्त

सीडीएससीको प्रमुख कार्यकारीमा पुर्णप्रसाद आचार्य नियुक्त


बैकिङ्ग समाचार ।

सिडिएस एण्ड क्लियरिङ्गको प्रमुख कार्यकारी अधिकृतमा पुर्णप्रसाद आचार्यलाई नियुक्त भएका छन् ।

सोमबार बसेको सीडीएससीको संचालक समितिको बैठकले आचार्यलाई चार वर्ष लागि प्रमुख कार्यकारी नियुक्त गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत एंवम सीडीएससी संचालक समितिका अध्यक्ष चन्द्रसिंह साउदले नोटबजारलाई जानकारी दिए ।

आचार्य कृषि विकास बैंकका अवकाश प्राप्त कर्मचारी हुन्। ।

सिडिएससीको सिइओको लागि ७ जनाको आवेदन परेको थियो। रिक्त सीइओ पदका लागि गठित छनोट समितिले पूर्णप्रसाद आचार्य सहित भीष्मराज चालिसे र कृष्ण गिरी गरी तीन जनाको नाम सिफारिस गरेको थियो ।

सीडीएससीको तत्कालिन सीइओ देवप्रकाश गुप्ताको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो ।