सन नेपाल लाइफको पहिलो कारोबार कतिमा भयो ? 

सन नेपाल लाइफको पहिलो कारोबार कतिमा भयो ? 


बैंकिङ्ग समाचार, काठमाण्डौं 
आजदेखि सन नेपाल लाइफको शेयर कारोबार भएको छ । कम्पनीको शेयर प्रतिकित्ता ४७५ रुपैयाँ २० पैसामा कम्पनीको पहिलो कारोबार भएको हो। कम्पनीको शेयर असोज २ गते, नेप्सेमा सूचिकृत भएको थियो। यस दिन नेप्सेमा कम्पनीको ३ करोड २० लाख कित्ता शेयर सूचिकृत भएको थियो।

नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि १५८ दशमलव ४१ देखि ४७५ दशमलव २३ रुपैयाको ओपनिङ रेन्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा यस दिन इन्स्योरेन्सको पहिलो कारोबार भएको हो।  नेप्सेले कम्पीलाई एसएसनएलआई नाम प्रदान गरेको छ ।