बोटलर्स नेपालका दुबै कम्पनीका लगानीकर्ताको हात खाली


काठमाडौं – बोटलर्स नेपालका दुबै कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएका छन्।

बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) को मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन्।