दोस्रो घण्टामै नेप्से कारोबार १४.५८ अंकले बढ्यो, ११३ कम्पनीको शेयर भाउ बढ्यो

दोस्रो घण्टामै नेप्से कारोबार १४.५८ अंकले बढ्यो, ११३ कम्पनीको शेयर भाउ बढ्यो


बैकिङ्ग समाचार ।

सोमवार नेप्से कारोबार भएको दोस्रो घण्टामा १४ दशमलव ५८ अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको बजार कारोबारको यस अवधिमा १ दशमलव शून्य ३ प्रतिशत बढेर १ हजार ४२४ दशमलव ९२ विन्दुमा पुगेको छ । 

दोस्रो घण्टाको अवधिमा १७७ ओटा कम्पनीको १४ हजार ८८० पटकको कारोबारमा २४ लाख ३२ हजार ९१६ कित्ता शेयरको रू. १ अर्ब १५ करोड बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये होटल्स समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १४ करोड ५१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ६१६ मा कारोबार भइरहेको छ । 

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेको इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ७४४ मा रू. ७ करोड २ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।