शाखा संख्या बढाएर सेवा व्यवस्थापन गर्न राष्ट्र बैंकको निर्देशन 

शाखा संख्या बढाएर सेवा व्यवस्थापन गर्न राष्ट्र बैंकको निर्देशन 


बैकिङ्ग समाचार ।

नेपाल राष्ट्र बैंकले शाखा बढाएर भएपनि उपत्यकामा भिड व्यवस्थापन गर्न बैंकहरुलाई निर्देशन दिएको छ । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई काठमाडौं उपत्यकाका तीन जिल्लामा ४ वटा मात्रै शाखा खोल्दा धेरै भीड देखिएको उल्लेख गरेको छ । केही शाखाहरु थप सञ्चालनमा ल्याउन राष्ट्र बैंकले निर्देशन दिएको छ । 

बैंकहरुले काठमाडौं उपत्यकामा कम शाखा संचालन गरेका कारण शाखाहरुमा भिड बढेको छ । हाल विभिन्न कम्पनीहरुले आइपीओ खुृलाएको अबस्था छ । 

जसकारण बैंकका शाखामा आइपीओ भर्नेको पनि भिड बढेको छ । बैंकहरुमा भिड बढेपछि राष्ट्र बैंकले त्यसलाई व्यबस्थापन गर्न निर्देशन दिएको हो ।