नेपाल पुनर्बीमा कम्पनीको करिब १९ लाख बढी कित्ता संस्थापक शेयर विक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको करिब १९ लाख बढी कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले आज असोज २ गतेदेखि संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ । बिक्रीमा ल्याएको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले कात्तिक १० गते अपरान्ह २ बजेभित्र विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको लाजिम्पाट, काठमाडौंमा रहेको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । 

कम्पनीले तोकिएको समय अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।