हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँड सम्पन्न

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँड सम्पन्न


बैंकिङ्ग समाचार, काठमाण्डौं
 हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । ग्लोबल आइएमई क्यापिटलले आज असोज २ गते बिहान ९ बजे आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका आनुसार १ लाख २१ हजार ३ सय ८७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये १ जनाले २१ कित्ता शेयर पाएका छन् भने बाँकिले २० कित्ताको दरले शेयर पाएका छन् । आईपीओमा कुल १२ लाख ७० हजार ९ सय ९१ जनाको आवेदन परेको थियो । जस मध्ये १२ लाख ६७ हजार हजार ७ सय ९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

शेयर बाँडफाँड हुँदा पनि न्युनतम २० कित्ताको दरले नै बाँडफाँड भएको हो । कम्पनीले यस अघि नै  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ ।