काठमाडौं – सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट इन्टरनेशनल, इसेवा र फोनपे पेमेन्ट सर्भिसका कर्मचारी तथा उक्त कम्पनीको संयुक्त योगदान हुने गरी ७५ लाख सहयोग गरेको छ । अर्थमन्त्री रामेश्वर खनाललाई उक्त ग्रुपको तर्फबाट अध्यक्ष सिद्धान्त ठकुरीले चेक हस्तान्तरण गरेका हुन्।
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुनेगरी ७५ लाख रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्ने एफवान सफ्ट ग्रुपलाई सरकारको तर्फबाट अर्थमन्त्री खनालले विशेष धन्यवाद ज्ञापन गरे।



About Us
प्रतिक्रिया