नेशनल लघुवित्तको साढे ६२ हजार कित्ता  संस्थापक शेयर सर्वसाधारणमा जारी

नेशनल लघुवित्तको साढे ६२ हजार कित्ता  संस्थापक शेयर सर्वसाधारणमा जारी


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ६२ हजार ५०० कित्ता संस्थापक शेयर भदौ २९ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । 

इच्छुक खरीदकर्ताहरूले असोज १२ गते अपरान्ह २ बजेसम्म विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यो शेयरको मूल्य प्रतिकित्ता ५३० रूपैयाँ तोकिएको छ ।

बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त आवेदन असोज १४ गते दिउँसो ३ बजे विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिनेछ ।