एनआईसी एशिया बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

एनआईसी एशिया बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?


बैंकिङ्ग समाचार, काठमाडौं । 
एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको भदौ २८ गते बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने छ ।

\"\"