सिटिजन लाइफको आइपीओ बाँडफाँड सम्पन्न ,९ लाख आवेदकले हात पारे १० कित्ता  शेयर

सिटिजन लाइफको आइपीओ बाँडफाँड सम्पन्न ,९ लाख आवेदकले हात पारे १० कित्ता  शेयर


बैंकिङ्ग समाचार, काठमाडौं । 
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल को कार्यालयमा आज सम्पन्न भएको हो । 

क्यापिटलका अनुसार आइपीओमा कुल १५ लाख ८४ हजार ५ सय ९७ जनाको आवेदन परेको थियो । उक्त आवेदनबाट १४ लाख ७ हजार २ सय ३७ जना मात्र शेयर पाउनको लागि योग्य भएका छन्। अर्थात् आवेदन दिएका मध्ये १ लाख ७७ हजार ३ सय ६० जना आवेदन अयोग्य भएका छन् । ९ लाख जना आवेदनल १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

बाँडफाँडको नतिजा नेपाल एनआईएमबि एस क्यापिटल को वेवसाइट  तथा सिडिएससिको वेवसाइट बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।