सिटिजन लाइफको आइपीओ आज बाँडफाँड हुँदै

सिटिजन लाइफको आइपीओ आज बाँडफाँड हुँदै


बैंकिङ्ग समाचार, काठमाडौं । 
सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड आज २८ गते दिउँसो बाँडफाँड हुनुभएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आफ्नै कार्यालय लाजिम्पाटमा बाँडफाँट गर्ने तयारी गरिएको हो ।

कम्पनीले भदौ १५ गते शुक्रबारदेखि निष्काशन गरेको आइपीओमा मागभन्दा १.८६ गुणा बढी आवेदन परेको छ ।  कम्पनीको आइपीओमा १५ लाख बढीको आवेदन दिएका छन् । अन्तिम तथ्याङक अनुसार उक्त आइपीओमा १५ लाख ८४ हजार ६१३ जनाले १ करोड ७५ लाख ६८ हजार ९१० कित्ताका लागि आवेदन दिएका हुन् ।

जसमा ९ लाख जनाले मात्र सेयर हात पार्नेछन् । उक्त वापत ४ अर्ब २८ करोड ६८ लाख १४ हजार ४० रुपैयाँ संकलन भएको छ । बाँकी ६ लाख १० हजार ६९३ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले कुल १ करोड १२ लाख ५० हजार कित्ता आइपीओमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर यसअघिनै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।