बैंकिङ्ग कसुर मुद्दामा ३० हजार जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ 


काठमाडौं – मकवानपुर जिल्ला अदालत हेटौंडाबाट फैसला कार्यान्वयन अन्तर्गत बैंकिङ्ग कसुरमा कैद सजाय र तिस हजार रुपैयाँ जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौडा बस्ने ३१ वर्षीय रिजय कुमार लामा रहेका छन् । 

उनी बैंकिङ्ग कसुर मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा पक्राउ गरी आवश्यक कारबाहीको लागी अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।