मौलाकालीमा रहेको इला होटेल एण्ड रिसोर्ट सञ्चालनमा


काठमाडौं – मौलाकाली केबलकारको माथिल्लो स्टेशनमा रहेको इला होटेल एण्ड रिसोर्ट सञ्चालनमा आएको छ । नेपाल उद्योग वाणिज्य महासंघ समेत रहेका व्यवसायी चन्द्र ढकालले इला होटेल एण्ड रिसोर्ट सञ्चालनमा आएको जानकारी गराएका हुन् ।

उनले मौलाकाली केबलकारको सेवा पनि अब केही दिनमा नै सञ्चालनमा आउने बताएका छन् । उनले भदौ २४ को घटनामा भएको क्षतिबाट प्रभावित केबलकार बटम स्टेशनका संरचनाहरू मर्मत–सम्भार सम्पन्न हुने चरणमा पुगेको बताए । ‘हाम्रो प्रयास र प्रतिबद्धता सकेसम्म छिटो सेवा पुनः सुचारु गर्ने र अझ बलियो भएर अघि बढ्ने हो’ उनले भने ।

ढकालले नयाँ ऊर्जा, नयाँ उत्साह र अझ स्तरीय सेवासहित स्वदेशी तथा विदेशी पाहुनाको स्वागत गर्न पूर्ण रूपमा तयार भएको भन्दै पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको सुदृढीकरण तथा धार्मिक गन्तव्यको प्रवर्द्धनका लागि आफुहरु सधै प्रतिबद्ध रहेको समेत बताए ।