काठमाडौं – सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न ५ औं वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा मंसिर २६ गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौंमा बोलाएको हो। उक्त सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले कम्पनीको कायम चुक्ता पूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते शेयरधनी दर्ता किताव बन्द (बुक क्लोज) गर्ने भएको छ। जसअनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।



About Us
प्रतिक्रिया