सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ  बाँडफाँडको मिति तय

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ  बाँडफाँडको मिति तय


बैंकिङ्ग समाचार,काठमाडौं । 
सर्वसाधारणलाई निष्काशन गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ भदौ २८ गते बिहीबार दिउँसो २ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओमा  अन्तिम दिनसम्म माग भन्दा १.८६ गुणा बढी आवेदन परेको छ ।

उक्त इन्स्योरेन्सले  भदौ १५ गते आइतबारदेखि निष्कासन गरेको आईपीओमा १५ लाख १० हजार ६९३ जना आवेदकले १ करोड ६७ लाख ९० हजार १८० कित्ता शेयरका लागि ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९२० रुपैयाँको आवेदन दिएका थिए ।  इन्स्योरेन्सको आइपिओ भर्नेमध्ये ६ लाख भन्दा धेरैको हात खाली हुने भएको छ। 

कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँका दरले सर्वसाधारण लगानीकर्तालाई ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो ।