नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर लिलाममा

नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर लिलाममा


बैकिङ्ग समाचार ।
प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । इन्स्योरेन्सले भदौ ८ देखि भदौ १५ गतेसम्म ति शेयर खरिदको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

इच्छुक आवेदकहरुले प्रति कित्ता २३ सय बाट नघट्ने गरि आवेदन दिन सक्ने छन् । यस लिलाम प्रक्रियामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र भाग लिन सक्ने छन् । आवेदन दिंदा न्युनतम सय कित्ता र अधिकतम पुरै ५० हजार कित्ताको लागि दिन सकिने छ ।

शेयर लिलाम प्रक्रियाको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।