यसपाली एलआईसी नेपालले लाभांश वितरण नगर्ने

यसपाली एलआईसी नेपालले लाभांश वितरण नगर्ने


बैंकिङ्ग समाचार,काठमाण्डौ । 
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ। एलआईसी नेपालले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो। 

कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसका साथै सो बैठकले आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब किताब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु छलफल गरी स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय पनि गरेको छ।