काठमाडौं – माई खोला हाइड्रोपावर लिमिटेडले आगामी मङ्सिर २५ गते आफ्ना शेयरधनीहरु ५औँ वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैंठकले सो सभा काठमाडौंको शङ्खपार्कस्थित स्मार्ट दरबारमा बस्ने भएको हो। सो सभा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८१/८२ को अडिट प्रतिवेदन, नाफा–नोक्सानी विवरण, वित्तीय प्रतिवेदन तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने प्रस्ताव पेश गरिनेछ। त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने भएको छ।
त्यस्तै, कम्पनीले चुक्ता तथा अधिकृत पुँजीको १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय निर्णय गरेको छ। साथै, मंसिर ११ गते कम्पनीले शेयरधनी दर्ता किताब (बुक क्लोज) मिति तय गरेको छ। जसअनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सो सभामा सहभागीता जनाउन सक्नेछन्।



About Us
प्रतिक्रिया