सर्वोत्तम सिमेन्टले लाभांश प्रस्ताव पारित गर्न बोलायो वार्षिक साधारण सभा


काठमाडौं – सर्वोत्तम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न सातौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले मंसिर २६ गते होटल सिद्धार्थ भिलासा, भैरहवा, रुपन्देहीमा बिहान ११ बजे सो सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र (कर प्रयोजनार्थसहित)१५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।