रवि सुनारको ‘मनका भावना’ बोलको गित सार्वजनिक


काठमाडौं – गायक रवि सुनारको मनका भावना बोलको गित सार्वजनिक भएको छ । कात्तिक २९ गते रवि सुनार युट्युब च्यानलबाट सो गित सार्वजनिक गरिएको हो । 

उक्त गितमा आवाज रवि सुनार र पिट्टु गहतराजको रहेको छ । गितमा भरत विश्वकर्माको शब्द र लय रहेको छ । गितको एरेन्ज गायक सुनार आफैले गरेका हुन् । गितको सम्पदन निश्चल पौडेलले गरेका हुन् । ओ टु स्टुडियो कपुरधारमा रेकर्ड गरिएको गितमा रवि र पिट्टुकै अभिनय देख्न सकिन्छ । 

पप विधाको गितमा माया प्रेमको विषय वस्तु समावेश रहेको गायक सुनारले जानकारी दिए ।