दुई कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन, कति गर्ने आवेदन ?

दुई कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन, कति गर्ने आवेदन ?


बैकिङ्ग समाचार ।
 भदौ ४ गतेदेखि आवेदन खुलेका दुई वटा कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।

गत बिहीबारदेखि समाज लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री सूरु भएको हो ।

समाज लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । आइपीओको अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँ रहेको छ ।

यसमध्ये १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ७ सय कित्ताका लागि आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले भदौ ८ गते (आज)सम्म आवेदन मेरा सेयर मार्फत अवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हो ।

यस्तै रिलायन्स लाइफले ६३ करोड रुपैयाँको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ६३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

६३ लाख कित्ता आइपीओकम ३ लाख १५ हजार सामूहिक लगानी कोष र ३ लाख १५ कित्ता कर्मचारीलाई छुट्याइएको छ ।

बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धक सानिमा क्यापिटलले रहेको छ ।