कर्मचारीमा कोरोना फैलिएपछि दिपायलका बैंक ५ दिनका लागि बन्द

कर्मचारीमा कोरोना फैलिएपछि दिपायलका बैंक ५ दिनका लागि बन्द


बैकिङ्ग समाचार ।
राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दिपायलका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका छन् ।

यस क्षेत्रका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी पाँच दिनका लागि बैंकमा कुनै पनि कारोवार नगर्ने जनाएका छन् ।

क्यासियर पदमा कार्यरत महिलामा कोरोना संक्रमण पुष्टि भएपछि अन्य व्यक्तिमा संक्रमण नियन्त्रणका लागि भन्दै पाँच दिनका लागि बैंक  तथा वित्तिय कारोबार पूर्णरूपमा बन्द गरिएको बैंकहरुले जनाएका छन् । 

जिल्लामा अहिलेसम्म ८०० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला अस्पतालको पिसीआर ल्याबमा गरिएको कोरोना परीक्षणमा निज महिला कर्मचारीसहित १८ अन्य व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकाारी दिएका छन् । 

कार्यालयका अनुसार पिसीआर परीक्षणमा जिल्ला प्रहरी कार्यालयका दुई पुरुष तथा एक महिलामा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।