नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सबैभन्दा बढी कर तिरेर राजस्व विभागबाट सम्मानित


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राष्ट्रिय कर दिवस, २०८२ मा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ । बैंकहरुमध्ये सबैभन्दा बढी कर तिरेकाले बैंकलाई राजस्व विभागले सम्मान गरेको हो ।

विभागले आर्थिक वर्ष २०८०/८१ को आय विवरण मूल्य अभिवृद्धि कर विवरणको आधारमा सबै भन्दा बढी कर तिर्ने करदाता रहेको भन्दै बैंकलााई सम्मान गरेको हो । विभागले विविध विधामा विभाजन गरेर कर दिवसको दिन बढी कर तिर्ने उद्योग, व्यवसाय र विभिन्न बैंक तथा वित्तीय संस्थालाई सम्मान गर्दै आइरहेको छ ।

यस पटक बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्ने मध्येबाट नेपाल इन्भेष्टमेन्ट मेगाा बैंक छनौटमा परेको हो ।