नेपाल हाइड्रो डेभलोपर्सको लाभांश घोषणा


काठमाडौं – नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक २८ गते शुक्रबार बसेको सञ्चालक समितिको निर्णयले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशतका दरले बोनस शेयर र (कर प्रयोजनार्थ) ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो दरमा लाभांश वितरण गरिनेछ।