काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको अध्यक्षमा भिम मल्ल ठकुरी चयन भएका छन्। यसअघि उनी उपाध्यक्ष थिए। एनआरएनए यूएईको बैठकबाट उनलाई अध्यक्ष चयन गरिएको हो।
विगत केही वर्षदेखि एनआरएनए युएईमा सक्रिय रहेका ठकुरीको नेतृत्वसँगै युएईस्थित नेपाली समुदायको हित, संस्थागत व्यवस्थापन तथा एनआरएनएको गतिविधि अझै सुदृढ र परिणाममुखी हुने अपेक्षा गरिएको छ। युएईमा रहेका नेपालीहरूले पनि नयाँ अध्यक्षप्रतिको उत्साह र विश्वास व्यक्त गर्दै एनआरएनएकाले अब समुदायका समस्यालाई अझ प्रभावकारी ढङ्गले सम्बोधन गर्ने अपेक्षा राखेका छन्।
ठकुरी विगत केही वर्षदेखि एनआरएनए युएईमा सक्रिय रहेर संगठन विस्तार, श्रम–सम्बन्धी सहयोग, सामुदायिक समस्या समाधान र नेपाली अभियन्ताहरूबिचको समन्वयमा अग्रणी भूमिका निभाइरहेका छन्। नयाँ नेतृत्वसँगै एनआरएनए एनसीसी यूएईले कामदार समर्थन, सीप विकास, कानुनी परामर्श,आपत्कालीन राहत, महिला–युवा सहभागिता तथा सांस्कृतिक संरक्षण जस्ता क्षेत्रमा नयाँ गतिशीलता देखाउने अपेक्षा गरिएको छ।



About Us
प्रतिक्रिया