दुई वर्षभित्रै कोरोना नियन्त्रण हुने डब्ल्यूएचओको अपेक्षा

दुई वर्षभित्रै कोरोना नियन्त्रण हुने डब्ल्यूएचओको अपेक्षा


एजेन्सी, 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण दुई वर्षभन्दा कम समयमै अन्त्य हुन सक्ने बताएको छ ।

सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी नियन्त्रण सफल रहेको डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियससले बताएका छन् ।

भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको उनले बताए । तर, हालको विकसित विज्ञान र प्रविधिका कारण कोरोना महामारी नियन्त्रण सफल हुने धेरै सम्भावना रहेको टेड्रोसले बताए ।

सन् १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म दुई वर्ष लामो समयमा फैलिएको स्पेनिस फ्लु नियन्त्रणमा निकै कठिनाइ भएको थियो । उक्त महामारीले विश्वभरका २ करोड मानिसको ज्यान लिएको थियो ।