काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सचिवालय सदस्य तथा पूर्वसांसद सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। विघटित प्रतिनिधिसभाको रास्वपाकातर्फबाट प्रमुख सचेतकको जिम्मेवारीमासमेत रहेका परियारले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई राजीनामा पत्र बुझाएका हुन्।
‘बदलिंदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कुनैपनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु’, उनले राजीनामा पत्रमा भनेका छन्।
रास्वपाका प्रवक्ता मनिष झाले परियारले परियारले पार्टी छोडेको जानकारी दिँदै उनको आगामी यात्राका लागि शुभकामना दिएका छन्। यसअघि रास्वपाकातर्फबाट शिक्षामन्त्री बनेकि सुमना श्रेष्ठले पनि पार्टी परित्याग गरेकी थिइन्।






About Us
प्रतिक्रिया