वैदेशिक रोजगार  बीमालेखमार्फत २४ करोड बीमा शुल्क आर्जन, अग्रस्थानमा सन नेपाल लाइफ

वैदेशिक रोजगार  बीमालेखमार्फत २४ करोड बीमा शुल्क आर्जन, अग्रस्थानमा सन नेपाल लाइफ


बैंकिङ्ग समाचार, काठमाण्डौ । 
साउन महिनामा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत २४ करोड ६९ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार १४ कम्पनीमध्ये १० वटा कम्पनीले सो मात्राको प्रिमियम उठाएका हुन् । नेपाल सरकारले वैदेशिक रोजगारमा जानेहरुका लागि बीमा अनिवार्य गरेसँगै यो बीमालेख जारी गर्ने बीमकको संख्या बढेको हो। 

सन नेपाल लाइफले सर्वाधिक बीमाशुल्क संकलन गरेको छ । कम्पनीले एक महिनामै ५ करोड ६९ लाख रुपैयाँ बराबरको प्रिमियम वैदेशिक रोजगार पोलिसी बिक्री गरी आर्जन गरेको छ । समीक्षा अवधिमा सन नेपाल लाइफले मात्रै बीमितहरुमा १३ हजार ७ सय ३३ वटा पोलिसी बिक्री गरेको हो । उक्त संख्या अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो ।

जसमध्ये सन नेपाल लाइफले सर्वाधिक बीमाशुल्क संकलन गरेको छ । कम्पनीले एक महिनामै ५ करोड ६९ लाख रुपैयाँ बराबरको प्रिमियम वैदेशिक रोजगार पोलिसी बिक्री गरी आर्जन गरेको छ । समीक्षा अवधिमा सन नेपाल लाइफले मात्रै बीमितहरुमा १३ हजार ७ सय ३३ वटा पोलिसी बिक्री गरेको हो । उक्त संख्या अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो ।

दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले साउन महिनामा १२ हजार १७० बीमालेखबाट पाँच करोड ५३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै, तेस्रो नम्बरमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले सो समयमा आठ हजार ४५८ बीमालेखहरुबाट तीन करोड ३८ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।

साउन महिनामा सूर्यज्योति लाइफले पाँच हजार १५४ बीमालेखबाट दुई करोड १५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले चार हजार ३३२ बीमालेखबाट एक करोड ७९ लाख रुपैयाँ, नेशनल लाइफले चार हजार २७९ बीमालेखबाट एक करोड ७८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, यस अवधिमा सानिमा रिलायन्स लाइफले चार हजार १५८ बीमालेखबाट एक करोड ६७ लाख रुपैयाँ, सिटिजन लाइफले तीन हजार ६२७ बीमालेखबाट एक करोड ४८ लाख रुपैयाँ, एशियन लाइफले दुई हजार ८०८ बीमालेखबाट एक करोड १८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । साथै प्रभु महालक्ष्मी लाइफले  ८१ बीमालेखबाट तीन लाख ४४ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।