बीमा कम्पनी तथा बैंकहरुलाई कोषमा आवद्ध हुन सामाजिक सुरक्षा कोषले पुनः पठायो पत्र

बीमा कम्पनी तथा बैंकहरुलाई कोषमा आवद्ध हुन सामाजिक सुरक्षा कोषले पुनः पठायो पत्र


बैंकिङ्ग समाचार, काठमाडौं । 
सामाजिक सुरक्षा कोषले बीमा कम्पनीहरुलाई कोषमा आवद्ध हुनका लागि पुनः पत्राचार गरेको छ ।सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगार चक्रमा सहभागी सबै स‌स्थाहरू कोषमा आबद्ध हुनुपर्ने र श्रम ऐन २०४९ को प्रावधान समेतको आधारमा कोषमा आबद्ध हुनुपर्ने भन्दै बीमा कम्पनी तथा बै‌कहरूलाई कोषमा आबद्धताका लागी पुनः पत्राचार गरेको हो । 

कोषको सुविधा तथा कार्यक्रमका नीतिहरु विभेदकारी रहेको र चित्त नबुझेपछि बैंक तथा बीमा कम्पनीहरुले कोषमा आवद्ध हुन अस्वीकार गर्दै आएका छन् ।  ६० वर्षको उमेर नपुग्दासम्म अवकाश कोषको रकम भुक्तानी नपाउने, आश्रित परिवारमध्ये श्रीमान् वा श्रीमति जीवित रहेसम्म मात्र अवकाश कोषको रकम भुक्तानी पाउने लगायतका प्रावधान अनुपयुक्त रहेको भन्दै निजी क्षेत्रले विरोध गर्दै आएको छ।

बैंक, बीमा तथा वित्तीय संस्थाहरुले अवकाश कोषको रकम भुक्तानीको प्रावधानमा असन्तुष्ट व्यक्त गर्दै विरोध जनाउदै आएका छन् । यसबाहेक कोषमा योगदानको आधारमा निजातमी कर्मचारीको हकमा निजी क्षेत्रका कर्मचारी प्रति विभेदपूर्ण व्यवहार गरिएको भन्दै अझैसम्म केही बैंक र बीमा कम्पनीहरु कोषमा आबद्ध भएका छैनन् ।