जनउत्थान सामुदायिक लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी

जनउत्थान सामुदायिक लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी


बैंकिङ्ग समाचार, काठमाडौं । 
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पद तथा श्रेणीमा काम गर्नका लागि कर्मचारीको माग गरेको छ । संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

संस्थाले सहायक प्रवन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, व्यवस्थापन प्रशिक्षार्थी, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक तथा प्रशिक्षार्थी सहायक पदका लागि व्यवस्थापकीय, अधिकृत तथा सहायक श्रेणीमा काम गर्नका लागि ९ पदका लागि कर्मचारीको माग गरेको हो ।

व्यवस्थापकीय श्रेणीका लागि २१ पुरा भई ५० वर्ष ननाघेको, अधिकृत श्रेणीको लागि २१ पुरा भई ४० ननाघेको र सहायक श्रेणीका लागि १८ पुरा भई ३५ ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा भने माथिल्लो उमेरको हकमा ५ वर्ष थप हुनेछ । ईच्छुक तथा योग्यता  व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।