काठमाडौंमा एउटा बैंकको ३ शाखा मात्र खुल्ने, विवरण वेबसाइटमा

काठमाडौंमा एउटा बैंकको ३ शाखा मात्र खुल्ने, विवरण वेबसाइटमा


बैकिङ्ग समाचार  ।

प्रशासनले सहजीकरण नगरेको भन्दै निषेधाज्ञाको पहिलो दिन बिहीबार एकाएक कारोबार बन्द गरेका बैंकहरूले आज शुक्रवारदेखि निश्चित शाखाहरू खोलेर सेवा प्रवाह गर्ने भएका छन् ।

बिहीवार प्रशासनले कर्मचारीहरू बाटोमै रोकेपछि नेपाल बैंकर्स संघले बैंकिङ कारोबार बन्द गराएको थियो ।

अत्यावश्यक सेवाभित्र रहेको बैंकिङ प्रणाली संचालनमा ल्याउन गृह प्रशासनले सहजीकरण गर्ने भएपछि बैंकहरुले निषेधाज्ञाभर सीमित शाखा मात्रै खुला राख्ने भएका हुन ।

शुक्रबारबाट बिहान ९ बजेदेखि १०.३० बजेसम्म र साँझ ३.३० देखि ५.३० बजेसम्म बैंकका कर्मचारीको आवगमनमा सहजीकरण गर्न लागिएको हो ।

खुला हुने शाखाको विवरण सम्बन्धित बैंकको वेबसाइटमा राख्न संघले निर्देशन दिएको छ । साथै, अहिलेको यस असहज परिस्थितिमा घरबाट नै बैंकिङ कारोबार गर्न समेत संघले ग्राहकलाई आग्रह गरेको छ ।